मुख्यमन्त्री राउतकाे ‘एकलाैटी’ नियुक्ति निर्णयमा कांग्रेस र माओवादीकाे असन्तुष्टि

जनकपुरधाम । प्रदेश २ सरकारले जनलोकपाल आयोगमा अध्यक्ष र सदस्य नियुक्त गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले मंगलबार साँझ आयोगका अध्यक्षमा रौतहटका कानुन व्यवसायी रामसहाय प्रसाद यादवलाई नियुक्त गरेका हुन् । यसैगरी, जनकपुरधामका राजकिसोर साह र सिरहाकी शोभा महतो सदस्यमा नियुक्त भएका छन् ।

यादव जनता समाजवादी पार्टी (जसपा) समर्थक हुन् । सदस्य साह सभामुख सरोजकुमार यादवको प्राविधिक सल्लाहकार थिए भने महिला सदस्य महतो नेकपा एकीकृत समाजजवादी पार्टीका समर्थक हुन्। भ्रष्टाचार न्यूनीकरणका लागि प्रदेश सरकारले जनलोकपाल आयोग गठन गरेकाे हाे । 

जनलोकपाल आयोगका पदाधिकारीलाई नियुक्त गरेपछि सत्ता साझेदार दल नेपाली कांग्रेस र माओवादी केन्द्रले असन्तुष्टि जनाएका छन् ।

राजनीतिक नियुक्तिमा सरकारले साझेदार दलसँग परामर्श गर्नुपर्ने र सहमतिमा नियुक्ति गर्नुपर्ने भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले बताए । आयोगका पदाधिकारीको सपथग्रहणको विषयमा समेत आफूलाई जानकारी नभएकाे पनि उनले बताए । 

प्रतिक्रिया
नागरिक मिरर