नेपाल चिकित्सक सङ्घ जनकपुर, शाखाको निर्वाचन : आज उम्मेदवारको प्रथम नामावली प्रकाश गरिने

जनकपुरधाम । नेपाल चिकित्सक सङ्घ जनकपुर, शाखाको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ ।
१ अध्यक्ष, १ वरिष्ठ अध्यक्ष, १ महासचिव, १ कोषाध्यक्ष, १ सह सचिव, १ सह कोषाध्यक्ष र ६ जना सदस्यका लागि हुने निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरिएको हो ।
निर्वाचन कार्यक्रम अनुसार भदौ आज ४ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने मनोनयन दर्ता गर्ने सम्पर्क व्यक्ति डा.लव कुमार साहले बताए ।
उनका अनुसार भोलि दिउँसो १ बजेसम्म दावी विरोध र उम्मेदवारी फिर्ता लिने कार्यक्रम रहेको छ भने उम्मेदवारको अन्तिम नामावली भोलि ४ बजे गरिने छ ।
यस्तै असोज ३ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म प्रादेशिक अस्पताल जनकपुरमा मतदानको समय तोकिएको छ ।
मतदान सकिएकै दिन मतगणना गरिने कार्यक्रम रहेको डा.साहले बताए ।
डा.साहले नेपाल चिकित्सक सङ्घ जनकपुर शाखामा सदस्य रहेकाहरूलाई निर्वाचनमा सहभागि हुन आग्रह समेत गरेका छन् ।






