अफ्ताब आलमको नाम सिफारिस गर्दै नेपाली कांग्रेस मधेस प्रदेश कमिटीे

नेपाली कांग्रेसको मधेस प्रदेश कमिटीले पनि अफ्ताब आलमको नाम सिफारिस गर्ने प्रस्ताब अघि सारेको छ । रौतहट निर्वाचन क्षेत्र नम्बर २ बाट उनको नाम सर्वसम्मत पठाएको थियो । क्षेत्र, जिल्ला हुँदै प्रदेश समितिमा आएको

उनको नाम केन्द्रमा सिफारिस गर्न लागिएको मधेश प्रदेशका प्रचार विभाग प्रमुख मितिशकुमार गुप्ताले जानकारी दिए।

प्रदेश समितिले कांग्रेस पूर्वकोषाध्यक्ष सीता देवी यादवको नाम पनि सिफारिस गर्ने भएको छ । क्षेत्रीय समितिले सिफारिस गरे पनि जिल्ला समितिले यादवको नाम काटेर प्रदेशमा पठाएको थियो।

आलम जिउँदा मान्छेलाई इँटाभट्टामा हालेको आरोपमा अहिल पुर्पक्षका लागि कारागारमा रहेका छन् ।

प्रतिक्रिया
    ट्याग: