रोगभन्दा बढी बिरामीले सेवन गर्ने औषधिको बारेमा सचेत हुन आवश्यक छ

फर्मासिस्ट एक यस्तो पेशा हो, जसले औषधिका हरेक पक्षमा काम गर्छ । औषधि बनाउनेदेखि बनाएको औषधि बिरामीसम्म पुर्याउने पनि फर्मसिस्ट नै हुन् ।
जनमानसमा औषधि बेच्ने पसले भनेर चिनिए पनि खास गरी फर्मासिस्टको धेरै ठूलो भूमिका हुन्छ । हो, फार्मेसीमा बसेर औषधि बेच्ने त हो नै तर, एउटा जिम्मेवार फर्मासिस्ट त्यति मै मात्र सीमित हुनु भन्ने हुँदैन ।
हुन त हाम्रो समाजमा त्यस्तै नै परम्परा बसिसक्यो की, आफूलाई औषधि चाहिए पछि औषधि किन्न मेडिकल गयो औषधि किन्यो फर्कियो । न फर्मासिस्टलाई औषधिबारे सोध्ने फुर्सद बिरामीलाई छ, न फर्मासिस्टले औषधिको बारेमा सबै कुरा सम्झाएर औषधि बेच्ने चलन छ । तर, औषधि त्यसरी चकलेट किने जसरी किन्न पाइने र प्रयोग गर्न पाइने चीज भने होइन ।
न फर्मासिस्टलाई औषधिबारे सोध्ने फुर्सद बिरामीलाई छ, न फर्मासिस्टले औषधिको बारेमा सबै कुरा सम्झाएर औषधि बेच्ने चलन छ । तर, औषधि त्यसरी चकलेट किने जसरी किन्न पाइने र प्रयोग गर्न पाइने चीज भने होइन ।
औषधि किन्दा आफूले त्यो औषधि के का लागि, कति मात्रामा खाने, औषधि खाने उपयुक्त समय कुन हो, कहिलेसम्म खाने, अरु औषधिसँगै खान मिल्ने की नमिल्ने, औषधि खाईसके पछि कुनै नकारात्मक असर देखा परे कसलाई भन्ने, के गर्ने यी प्रश्नहरूको जवाफ राम्रोसँग बुझेर मात्र प्रयोग गर्नु पर्ने हो । तर, बिडम्बना हाम्रो समुदायमा यो सबै सोध्ने बुझ्ने बुझाउने चलन कहाँ छ र रु हाम्रो परिवेशमा बिरामी पनि रोगको बारेमा धेरै प्रश्न गर्नु हुन्छ । तर, औषधि जस्तो संवेदनशील चीज, जुन त्यही रोग निको बनाउन भनेर प्रयोग गर्दै हुनुहुन्छ त्यसको बारेमा न सोधीखोजी गर्नु हुन्छ न फर्मासिस्टले भनेको कुरालाई ध्यान दिनु हुन्छ । कतिपय बिरामी त गूगल डाक्टर र फर्मासिस्ट बनिदिनु हुन्छ ।
मैले अस्पतालमा कतिपय यस्ता बिरामी भेटेको छु जो रोगबारे बढी चिन्तित हुन्छन् । तर, आफूले खान लागेको औषधि र त्यसले आफूलाई कस्तो असर गर्छ या गर्दैन भन्ने कुरामा खासै चासो दिनुहुन्न । त्यस्ता बिरामीलाई हामी लेखेरै तयार पारिएको औषधि परामर्श बूकलेट दिएर सम्झाउने बुझाउने कोसिस गर्छौं ।
म त बिरामी या भनौँ औषधि प्रयोगकर्तालाई यही भन्छु कि तपाईंहरू जति आफ्नो रोगप्रति चिन्तित र चासो देखाउनुहुन्छ सकिन्छ त्यो भन्दा बढी तपाईंको रोगको उपचारमा प्रयोग हुने औषधिका बारेमा पनि फर्मासिस्टसँग या उपचारमा संलग्न चिकित्सकसँग जिज्ञासा राख्नुहोस, सोध्नुहोस्, बुझ्नुहोस् र आफूलाई बेफाइदा भन्दा बढी फाइदा गर्ने छ भने मात्र प्रयोग गर्नुहोस् ।
बिरामीले फर्मासिस्ट र फर्मासिस्टले बिरामीको विश्वास जित्न सके मात्र यो सम्भव होला । यति मात्रै होइन, फर्मासिस्ट एउटा स्वास्थ्य टीमको सदस्य भएकोले चिकित्सक र नर्ससँग पनि उत्तिकै साझेदारीका साथ बिरामीको सेवामा संलग्न भएर मात्र बिरामीसँगको सम्पर्क बढ्छ । जसले गर्दा चिकित्सकले पनि औषधिको विभिन्न पक्षलाई हेरी औषधिको सुरक्षित प्रयोगमा फर्मासिस्टको सहभागिता बढाउन थप मद्दत पुग्छ ।
बिरामीले फर्मासिस्ट र फर्मासिस्टले बिरामीको विश्वास जित्न सके मात्र यो सम्भव होला । यति मात्रै होइन, फर्मासिस्ट एउटा स्वास्थ्य टीमको सदस्य भएकोले चिकित्सक र नर्ससँग पनि उत्तिकै साझेदारीका साथ बिरामीको सेवामा संलग्न भएर मात्र बिरामीसँगको सम्पर्क बढ्छ ।
अनि बिरामीलाई थाहा हुन्छ, कुनै एउटा फर्मासिस्ट आफ्नो स्वास्थ्य उपचारमा कसरी आबद्ध भइरहेको छ भनेर । यसरी बिरामी ले फर्मासिस्ट र फर्मासिस्टले बिरामीको विश्वास सँगसँगै चिकित्सकसँगको सम्बन्धलाई विश्वाशिलो बनाउन सके फर्मासिस्टको पहिचान माथि उठ्छ ।
हामीले पहिलेदेखि भन्दै आएको कुरा पनि यही हो । औषधिको सही प्रयोगले बिग्रिएको स्वास्थ्यमा सुधार देखिन्छ भने सोही औषधिको अनुचित प्रयोगका कारण शरीर र स्वास्थ्यमा नराम्रो असर पनि गर्छ । कहिलेकाँही औषधिबाट हुने नकारात्मक असरले ज्यानै समेत लिन सक्छ । जुन कुरा बरु सायद त्यही रोगले पनि लिदैन थियो होला । त्यसैले औषधिको प्रयोगलाई निकै संवेदनशील तरिकाले लिनु पर्छ ।
हामीले अस्पतालमा medication safety लाई निकै प्राथमिकता साथ हेरिरहेका छौं । बिरामीलाई नयाँ औषधि दिने बित्तिकै हामी त्यो औषधिको समुचित प्रयोगलाई आवश्यक पर्ने हरेक पक्षलाई गम्भीरताका साथ ध्यान पुर्याउने गर्दछौं । यसका लागि हामी उक्त औषधि सुरु गर्न बिरामी फिट छ कि छैन हेर्छौ, रगत जाँच गरी कलेजो र मिर्गौलामा असर गर्न सक्ने जोखिम कत्तिको छ भनेर पहिले नै ध्यान दिन्छौं । यदि बिरामीले अन्य औषधि खाइरहेको छ भने त्यो औषधिसँग अहिलेको औषधिसँगै प्रयोग गर्न मिल्छ या मिल्दैन भनेर ख्याल राख्छौँ । तत्कालका लागि औषधिले देखाउन सक्ने प्रतिकूल असरका बिरामीलाई पहिले नै सचेत गराई तुरुन्तै खबर गर्न आग्रह पनि गर्छौ । यो सबै गर्नुको एक मात्र उदेश्य बिरामीलाई औषधिले हानि नपुर्याओस भन्ने नै हो ।
तर, यस्तो अभ्यास नेपालका सबै अस्पतालमा हुनु जरुरी छ । कतिपय अस्पतालमा यस्ता संवेदनशील कुरालाई अवमूल्यन गरेको जस्तो देखिन्छ । किनकि कतिपय बिरामी खाइरहेको औषधिले आफूलाई असर गरेको कुरालाई अनुमान पनि लगाउन नसकेर निरन्तर औषधि प्रयोग गरेको र पछि हामीले उक्त असर औषधि कै कारण उत्पन्न भएको भनेर पहिचान गरेपछि मात्र बिरामीको आँखा खुल्ने गरेको पाउँछौँ ।
कहिलै कहीं चिकित्सक लाई पनि यस्तो कुरा पत्ता लगाउन गाह्रो हुन्छ । प्रायः जसो रोगले नै गर्दा समस्या उत्पन्न भएको होकी भन्ने भ्रम परिरहेको हुन्छ तर कहिले काँही त्यस्तो अवस्था या भनौं गम्भीर असर औषधिको प्रयोग बाट पनि भएको हुन सक्छ । यस्तो अवस्था मा भने हामी कहाँ चिकित्सक र क्लिनिकल फर्मासिस्टको टोलीले रोग र औषधि दुवै पक्षलाई हेरेर औषधिको जोखिम हो हैन निर्णय लिने काम गर्छौ यसो गर्दा औषधिलाई बेलैमा बन्द गर्न, औषधिको मात्रालाई घटाउन या त्यसको विकल्पका रूपमा अन्य सुरक्षित औषधि सुरु गरी बिरामीको अवस्थालाई सुधार्न सकिन्छ ।
त्यसैले अहिलेको अवस्थामा औषधि जति सजिलै उपलब्ध छ त्योभन्दा बढी औषधिको सही प्रयोग र त्यसबाट हुन सक्ने जोखिम न्यूनिकरण गर्न उत्तिनै चुनौती पूर्ण छ ।
पुष्कर कुँवर वरिष्ठ क्लिनिकल फर्मासिस्ट हुन् । उनि नेपाल क्यान्सर अस्पताल एन्ड रिसर्च सेन्टरमा कार्यरत छन् ।






