युइएफए नेसन्स लिग : क्रोएसिया फाइनल फोरमा, यी टोली पनि विजयी

एजेन्सी । विश्व उपविजेता क्रोएसिया युइएफए नेसन्स लिगको फाइनल चारमा प्रवेश गरेको छ ।
अष्ट्रियालाई उसकै मैदानमा ३–१ ले पराजित गर्दै लिग ‘ए’ ग्रुप १ मा शीर्षस्थानमा रहँदै क्रोएसिया फाइनल चारमा प्रवेश गरेको हो । अन्सर्ट हापेल स्टेडियम वेइनमा गयराति भएको खेलमा क्रोएसियाको जितमा कप्तान लुका मोड्रिच, मार्काे लिभाजा र डिजान लोभरेनले गोल गरे भने अष्ट्रियाका क्रिस्टोफ बाअमगार्टनरले एक गोल फर्काए ।
हिजै भएको अर्को खेलमा फ्रान्स डेनमार्कसँग २–० ले पराजित भएको छ । पार्केनमा भएको खेलमा घरेलु टोलीको जितमा कास्पर डोलवर्ग र एन्ड्रिएस स्कोभ ओल्सेनले गोल गरे ।
यस्तै नेदरल्यान्ड्सले बेल्जियममाथि १–० ले जित हात पारेको छ । प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलको दोस्रो हाफमा भान डाइकले गर्नुभएको गोल नै निर्णायक बन्यो । जितसँगै नेदरल्यान्ड्स समूह चरणसँगै पछिल्लो १५ खेलसम्म अपराजित रहन सफल भएको छ ।
नेदरल्यान्ड्स लिग ‘ए’ ग्रुप ४ मा अपराजित रहँदै ६ खेलबाट १६ अङ्क जोड्न सफल भयो । बेल्जियम १० अङ्क जोडेर पुछारमा रह्यो ।
यही समूहको अर्काे खेलमा पोल्यान्डले वेल्सलाई १–० ले पराजित गरेको छ । कार्डिफ स्टेडियममा पोल्यान्डको जितमा कारोल स्वीडेर्स्कीले ५८ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । हारसँगै वेल्स रेलिगेसनमा परेको छ ।






