जसपाका लक्ष्मी महतो एमालेमा, महोत्तरी १ बाट भिड्दै

जनकपुरधाम । महोत्तरी जिल्लाका समाजसेवी नेता लक्ष्मी महतो नेकपा एमाले प्रवेश गरेका छन् । जसपाका केन्द्रिय सदस्य रहेका लक्ष्मी महतोलाई नेकपा एमालेका केन्द्रिय सचिव रघुविर महासेठले आज फुलमाला र अविर लगाई पार्टी प्रवेश गराएका हुन् ।

महोत्तरी क्षेत्र नं. १ मा जसपाबाट प्रतिनिधीसभा सदस्यका लागि प्रत्यासी उम्मेदवार महतोले पार्टीबाट टिकट नदिएपछि असन्तुष्ट भएका हुन् । उनलाई एमालेले टिकट दिएपछि जसपा परित्याग गरी एमालेमा प्रवेश गरेका हुन् । महतोका छोरा डा.दिपेन्द्र कुमार महतो गौशला नगरपालिकाका मेयर हुन् ।

महतो २०७४ को निर्वाचनमा थोरै मतले माओवादी केन्द्रका नेता गिरीराजमणि पोखरेलसंग पराजित भएका थिए । महतो पराजित भएपनि समाजमा आफनो व्यक्तिगत तवरले विकास निमार्णका कामदेखि अन्य काममा तत्पर रहदै आएकोले सो क्षेत्रमा उनको पकड बलियो रहेको छ ।

महतोले जसपा छोडेपछि जसपालाई ठुलो घाटा हुने देखिएको छ । जसपाबाट असन्तुष्ट धनुषाका केन्द्रिय नेताहरु समेत काग्रेसमा प्रवेश गर्ने आंशका गरिएको छ ।

प्रतिक्रिया