प्रधानमन्त्री देउवाले बेलायतका प्रधानमन्त्री सुनकलाई दिए बधाई

प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतको प्रधानमन्त्रीमा निर्वाचित ऋषि सुनकलाई बधाई दिएका छन् ।

मंगलबार बिहान ट्वीट गर्दै प्रधानमन्त्री देउवाले बेलायतको प्रधानमन्त्रीमा निर्वाचित भएकोमा सुनकलाई बधाई दिएका हुन् ।

देउवाले महत्वपूर्ण जिम्मेवारीका लागि शुभकामना व्यक्त गर्दै लामो समयदेखिको नेपाल–बेलायत सम्बन्धलाई अगाडि बढाउन सुनकसँग काम गर्न आफू तत्पर रहेको बताएका छन् ।

https://twitter.com/SherBDeuba/status/1584740442910109696?t=eIyd2izB6zlhjS-tttgq7Q&s=19

बेलायतका प्रधानमन्त्री लिज ट्रसले पद सम्हालेको ४५ दिनमै राजीनामा दिएकी थिइन् ।

ट्रसले राजीनामा दिएपछि संयुक्त अधिराज्य बेलायतको कन्जरभेटिभ पार्टीको नेता सुनक प्रधानमन्त्री बनेका हुन् । सन् १९८० मा साउथह्याम्पटनमा जन्मिएका सुनकका बाबुआमा दुवै भारतीय मूलका हुन् ।

प्रतिक्रिया
    ट्याग: