निधिको गाउँमा वैकल्पिक उम्मेदवारको खोजी

जनकपुरधाम । ‘बहरिया न अनिल झा आँ घरबैया न जुली महतो हम स्वतन्त्र(बिकल्प) के खोजिमा छियै्’ अर्थात बहरिया न अनिल झा को र घरबैया न जुली महतोलाई म स्वतन्त्र(बिकल्प) को वैकल्पिक उम्मेदवारको खोजीमा छु । नेपाली काँग्रसका नेता विमलेन्द्र निधिका जनमथलो गाउँ नगराईनका सुरेन्द्र लाल कर्ण बताउँछन् ।

विमलेन्द्र निधिले फेरी पनि हार्छु कि भन्ने डरले समानुपातिक रोजे । के अब उनले भनेको उम्मेदवारलाई नै भोट दिने हो त ? भन्ने प्रश्नमा कर्ण भन्छन्, ‘मेरो मत उपर मेरो अधिकार हो कसैले भनेर कसैलाई भोट दिईने होईन । आफूलाई मर्ने पर्ने उम्मेदवारलाई आफ्नो मत दिन्छु ।’ उनले भने ।

त्यसैगरी नगराईनकै शिवशंकर लाल कर्ण भन्छन्, ’महेन्द्र नारायण निधि र त्यसपछि विमलेन्द्र निधिभन्दा राम्रो यो क्षेत्रको लागि त राम्रो उम्मेदवार नै कोही छैन् ।

उनले भने, ’कथमकदाचित केही कारणबस पछिल्लो चुनावमा राजेन्द्र महतोलाई यहीकै जनताले जिताए तर पछुताउनु बाहेक केही पाएनन् । यो पटक निधि जी आफू समानुपातिक तर्फ गएर यो क्षेत्रमा गठबन्धनको तर्फबाट बाहिरकै उम्मेदवार आउँनु र काँग्रेस तथा निधि जी पनि उसैलाई सहयोग गरेर जिताउँनु यो क्षेत्रको लागि दुर्भाग्य बाहेक केही छैन ।’

नगराईन बजारकै एक चिया पसलमा चिया खाँदै नगराईन नगरपालिका २ खरकाका वर्ष ७२ का अनिरुद यादव भन्छन्, ’यो क्षेत्रलाई विमलेन्द्र निधिकै आवश्यकता छ । निधि आफू प्रत्यक्ष न आएपनि यस क्षेत्रमै काँग्रेसबाट नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने कसैलाई नेता न बनाउँनु र आज बहरियालाई यो क्षेत्रमा ल्याएर चुनाव लडाउँनु र समर्थन गर्नु ठुलो दुर्भाग्यपूर्ण हो ।’

उनले मधेस विरोधी एमालेलाई पनि भोट नदिने विचारमा आफू रहेको बताए । यादवले एक हातमा सिन्दुर र अर्को हातमा नागरिकता दिने जस्ता अभिव्यक्ति दिने पार्टीमा समेत मतदान नगर्ने उनको भनाइ छ । हालसम्म उनी करिब ८ पटक मतदान गरिसकेका उनी भन्छन् अहिले उम्मेदवारहरू आउँने क्रम जारी छ विचार गरेरै यसपटक मतदान गर्छु ।

प्रतिक्रिया