महोत्तरीको पररियामा सम्प्रदायिक झडप : तिनजना माथि गोलि प्रहार, दर्जनौं पक्राउ[अपडेट]

महोत्तरी । महोत्तरीको भंगहा नगरपालिका पररियामा हिंदू र मुस्लिम समुदायबिच सम्प्रदायिक झडप हुँदा दुवै पक्षका दर्जनौं मानिस घाईते भएका छन् भने तिनजनालाई गोली लागेको छ । पररिया देखि गेरुका नदीमा शोभा यात्राको मुर्ति विसर्जन गर्ने क्रममा विवाद हुँदा दुई तर्फी झडप भएको थियो ।
यमपञ्च अर्थात् दिपावलीको अन्तिमदिन भाईटिकाको साईतमा पुजापाठ गरेर मुर्तिलाई विसर्जन गर्न लैजादा विवाद भएको थियो । त्यहाँबाट उत्कर्षमा पुगेको झडपलाई शान्त गर्न तिनदर्जन बढि सुरक्षाकर्मी खटाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख कृष्ण प्रसाद पंगेनीले नागरिक मिररलाई जानकारी दिए।

उनका अनुसार ११ बजेबाट सुरुभएको झडपलाई रोक्न प्रयास गरेपनि स्थिति सामान्य नबनेपछि १६ राउण्ड आश्रुग्यास तथा ७ राउण्ड रब्बर गोलि चलाएको जानकारी दिए ।
गोलि लागि घाईते भएका ३ जनाको पिपरा स्वास्थ्य कार्यालयमा उपचार हुदै छ भने दुई दर्जनबढिलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले पक्राउ गरेको छ ।
घटनाको थप विवरण भने आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख पंगेनीले बताए।
त्यसैबीच प्रमुख जिल्ला अधिकारी पंगेनीले घटनालाई शान्त पार्न तथा हिंसात्मक गतिविधि हुन नदिन दिउँसो ४ बजेदेखि अर्को आदेश भनएसम्मको लागि कफर्यु जारी गरेको छ ।







