समाचार प्रभाव : नेपाल टेलिकमले राख्यो कलर रिङ्ग ब्याक ट्युनमा छठको धुन, एनसेल अझ बेखबर

जनकपुरधाम । दुरसञ्चार सेवा प्रदायक संस्था नेपाल टेलिकमले कलर रिङ्ग ब्याक ट्युनमा छठको धुन राखेको छ ।
एनसेल र एनटिसीलाई करिब ३ दिनदेखि विभिन्न व्यक्तिहरूले कलर रिङ्ग ब्याक ट्युनमा छठको धुन राख्न जोडदार माग गरेपछि र नागरिक मिररमा समाचार प्रकाशित भएपछि नेपाल टेलिकमले छठ पर्वको धुन कलर रिङ्ग ब्याक ट्युनमा राखेको छ ।
नेपाल टेलिकमले राखेपनि समाचार लेख्दासम्म एनसेलले अझै राखेको कुनै आधिकारी जानकारी प्राप्त हुन सकेको छैन् ।
मिथिला र मधेशमा विशेष तरिकाले मनाईने छठ पर्वको धुन राख्न वरिष्ठ साहित्यकार डा.राजेन्द्र विमल, मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र विभिन्न व्यक्तिहरूको जोडदार दबाब पछि नेपाल टेलिकमले कलर रिङ्ग ब्याक ट्युनमा छठ पर्वको धुन राखेको छ ।
कलर रिङ्ग ब्याक ट्युनमा छठको धुन सुनिन थालेपछि वरिष्ठ साहित्यकार डा.विमल नेपाल टेलिकमलाई धन्यवाद दिँदै अगामी दिनमा पनि यस्तै सेवालाई प्राथमिकता दिँदै सामाजिक सद्भाव भाईचारालाई मजबुत गर्ने खालको कार्य गर्न सुझाए ।
त्यसैगरी युवा अभियन्ता बिटु मिश्र भन्छन्, ’यो देशमा मधेशीले हरेको कुराको लागि आवाज नै उठाउनुपर्दो रहेछ । यस देशको लागि ’दशैँ र तिहार’ बाहेक कुनै पर्व नि छैन जस्तो लागिरहेछ। हाम्रो महान पर्व ’छठ’ जुन कि तराई मधेश मात्र नभई संघिय राजधानी काठमाडौंमा समेत त्यत्तिक्कै भव्यताका साथ मनाईन्छ त्यसलाई चाहिँ क्षेत्रीय पर्व मानिन्छ र देशले सौताको जस्तो व्यवहार गर्दछ।’
हिजोदेखि ट्विटर फेसबुकमा उठाइएको जन आवाजलाई मध्यनजर गर्दै नेपाल टेलिकममा कार्यरत केहीँ मधेशी मुलका इन्जिनियरहरूरको सहयोगमामा छठको धुन राखिएको छ।
एनसेलमा भने अझैपनि राखिएको छैन । समाजिक सञ्जालमा अझपनि आवाज उठिराखैको छ। आज साँझसम्म एनसेलले पनि राख्ने छ भन्ने आशा गरिन्छ।
युवाहरूले सरकारी दुरसञ्चार सेवा प्रदायक संस्था नेपाल टेलिकमको फेसबुक पेजको कमेन्टमा छठ पर्वको धुन राख्न माग गर्दा सबैलाई नेपाल टेलिकमले प्रतिकृया दिएका छन् तर, एनसेलले यस विषयमा कुनै चासो देखाएको छैन् ।






