अष्ट्रेलियाको क्यानवेरामा पहिलो पटक छठ पर्व मनाईदै

क्यानवेरा(अष्ट्रेलिया) । अष्ट्रेलियाको संघिय राजधानी क्यानवेरामा पहिलो पटक छठ पर्वको आयोजना हुदैछ् ।
अष्ट्रेलियाको प्रमुख शहरहरु सिड्नी र मेलबर्नमा भने विगत एक दशक भन्दा पहिले देखि भब्य रुपमा छठ पर्वको आयोजना हुदै आएको छ ।
धनुषा जिल्लाको क्षिरेश्वरनाथ, महेन्द्रनगरका लक्ष्मण महतो र प्रमिला महतोले क्यानवेरामा पहिलो पटक छठ मनाउन लागेका हुन् । महतो दम्पतिका जेष्ठ सुपुत्र रितेश महतो र बुहारी सिमा सरगम अष्ट्रेलियाका स्थायी बासिन्दा हुन् ।
भ्रमणका क्रममा महतो दम्पति क्यानवेरामा रहेकाले यहि नै छठ पर्व मनाउन लागेका हुन् । क्यानवेराका यारालुम्ला लेकको किनारामा छठ भब्यताकम साथ मनाउन लागेका हुन् ।
छठ पर्वको दोस्रो दिन आज खरना मनाएका हुन् ।
प्रतिक्रिया






