ट्रक र अटो रिक्सा ठोक्किँदा सात जनाको मृत्यु, छ जना घाइते

कर्नाटक, रासस(एएनआई) । स्कर्नाटकको बिदरमा शनिबार ट्रक र अटो रिक्सा ठोक्किँदा सात महिलाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन्।

बेमलखेडा गाउँ नजिकै दुर्घटना भएको र दुर्घटनाका घाइतेलाई बिदर अस्पताल लगिएको बिदर प्रहरीले जनाएको छ ।

बुढामनहल्ली गाउँपालिकाका महिला मजदुर काम सकेर घर फर्किरहेका बेला सो दुर्घटना भएको हो ।

घटनाबारे बेमलखेडा प्रहरी चौकीमा उजुरी परेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान जारी छ।

प्रतिक्रिया