राप्रपा धनुषा जिल्ला अध्यक्ष काँग्रेसमा प्रवेश

जनकपुरधाम । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जिल्ला कार्य समिति धनुषाका अध्यक्ष रामचन्द्र यादव नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

लामो समय देखि राप्रपा जिल्ला अध्यक्षको जिम्मेवारीमा रहेर काम गरेका उनी राप्रपा त्यागेर काङ्ग्रेसमा आएका हुन ।

राप्रपाले देश र जनताको हितका लागि काम गर्न नसक्ने भएकाले नेपाली काँग्रेसमा प्रवेश गरेको यादवले बताए । यादवसहित करिब ४ दर्जन व्यक्तिहरुलाई काँग्रेसका सहमहामन्त्री तथा धनुषा ४ प्रतिनिधि सभा सदस्यका उम्मेदवार महेन्द्र यादवले मंगलबार पार्टी प्रवेश गराएका हुन्।

काँग्रेस प्रवेश गरेको यादवल नेपाली काँग्रेस मातृ पार्टी भएकाले काँग्रेसलाई सशक्त र देशको इमान्दार पार्टी बनाउने गरी लाग्ने उल्लेख गरेका छन् । जनताको हित र पार्टीलाई अघि बढाउने गरी पार्टी प्रवेश गरेको उनको भनाइ छ ।

क्षिरेश्वरनाथ नगरपालिका १० मा आयोजित एक समारोहमा उनीहरुलाई प्रवेश गराउँदै स्वागत गरेका छन् ।

प्रतिक्रिया