आईओएमको शुल्क बृद्धि विरुद्ध विद्यार्थीको आन्दोलन, प्रशासन मौन

चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) ले स्नातक तहको परीक्षा शुल्क नघटाएकाे भन्दै विद्यार्थीहरूले विराेध प्रदर्शन गरेका छन् । 

आइओएममा भेला भएका विद्यार्थीहरूले परीक्षा शुल्क घटाउन माग गर्दै नाराबाजी गरिरहेका छन् । अस्वाभाविक रूपमा बढाइएकाे परीक्षा शुल्क नघटाइए थप आन्दाेलन गर्ने चेतावनी उनीहरूले दिएका छन् । 

यसअघि चिकित्सा शिक्षा स्नातक तहमा नियमित र आंशिक दुवै खाले विद्यार्थीले २५ सय तिरे परीक्षा दिन पाउँथे । ग

त वर्षदेखि अनुत्तिर्ण विद्यार्थीले पुनः परीक्षाका लागि प्रतिविषय ३ हजार तिर्नुपर्ने सूचना आईओएमले निकालेकाे थियाे । परीक्षा फर्म भर्न २५ सय र प्रतिविषय ३ हजारका दरले ९ हजारसम्म लिनेगरी निर्णय भएदेखि नै विद्यार्थीहरूले विराेध गर्दै आएका छन् । यसाे हुँदा ३ विषय लागेका विद्यार्थीले ११ हजार नतिरी पुनः परीक्षा दिन पाउँदैनन् ।

नियमिततर्फ भने २५ सय रुपैयाँ तिरेर विद्यार्थीले परीक्षा दिन पाउँछन् । 

प्रतिक्रिया
    ट्याग: