सप्तरी–२(२) मा जनमत पार्टीका यादव विजयी

सप्तरी । सप्तरी निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (२)मा जनमत पार्टीका महेशकुमार यादव विजयी भएको छ । उहाँले १३ हजार तीन सय २५ मत प्राप्त गरेको छ । निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का उमेशकुमार यादवले सात हजार २३ मत पाएको छ ।
मतान्तर बढाउँदै सिके राउत
प्रतिनिधिसभातर्फ सप्तरी क्षेत्र नं २ मा जनमत पार्टीका अध्यक्ष सिके राउतले मतान्तर फराकिलो बनाउँदै गएको छ । पछिल्लो मतगणनाअनुसार उनले १५ हजार ३४ मत प्राप्त गरेको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले ७ हजार ४ सय ४५ मत प्राप्त गरेको छ । सत्ता गठबन्धनका तर्फबाट लोसपाका जयप्रकाश ठाकुरले ३ हजार ७० मत पाएको छ ।
प्रतिक्रिया






