पर्सा १(१) बाट रहबर अन्सारी विजयी

वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर १ (१) बाट प्रदेशसभा सदस्य पदमा नेकपा माओवादी केन्द्रका रहबर अन्सारी विजयी भएका छन् ।
बुधबार वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा सम्पन्न पर्सा–१(क) को मतगणनाको अन्तिम परिणाम आउँदा रहबर आफ्ना निकटतम प्रतिष्पर्धीलाई २ हजार भन्दा पनि बढी मतको अन्तरले पछाडि पार्दै विजयी भएका हुन् ।
निर्वाचन आयोगले उपलब्ध गराएको मतपरिणामको नतिजा अनुसार रहबर आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विचारी प्रसाद यादवभन्दा २ हजार २ सय ९९ मत बढी ल्याएर विजयी भएका छन् ।
रहबरले ७ हजार ८ सय १७ मत प्राप्त गर्दा उनका विचारी ५ हजार ५ सय १८ मत मात्र प्राप्त गरेका छन् । ५ हजार २ सय ८६ मत ल्याएर स्वतन्त्र उम्मेदवार तथा यस क्षेत्रका निवर्तमान प्रदेशसभा सदस्य जनत अन्सारी तेस्रो भएका छन् । त्यसैगरी ४ हजार ५४ मत प्राप्त गर्दै स्वतन्त्र उम्मेदवार सुधीर पटेल चौथो भएका छन् ।
रहबरको जितसँगै पर्सामा नेकपा माओवादी केन्द्रले पहिलो जित हासिल गरेको छ ।






