रौतहट १ बाट अध्यक्ष माधव नेपाल विजयी

रौतहट । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल रौतहट क्षेत्र नं १ बाट विजयी भएको छ ।

रौतहट जिल्लाका मूख्य निर्वाचन अधिकृत मात्रिका मरासिनीले अध्यक्ष नेपालले ३३ हजार पाँच सय २२ मत ल्याएर विजयी हुनुभएको जानकारी दिएको छ । उनका प्रतिस्पर्धी नेकपा एमालेका अजयकुमार गुप्ताले २६ हजार नौ सय २२ मतप्राप्त गरेको छ । रौतहट क्षेत्र नं २ को मतगणना भने जारी रहेको मूख्य निर्वाचन अधिकृत मरासिनीले बताएको छ ।

प्रतिक्रिया