सिरहा–३ प्रदेशसभा (१)मा एमालेका सिंह विजयी

सिरहा । प्रदेशसभाअन्तर्गत सिरहा निर्वाचन क्षेत्र नं ३ (१) बाट नेकपा (एमाले)का उम्मेदवार मनोजकुमार सिंह विजयी भएको छ । मुख्य निर्वाचन अधिकृत काजीबहादुर राई दिनुभएको जानकारीअनुसार सिंहले १५ हजार आठ सय ८६ मत प्राप्त गरी निर्वाचित भएको हो ।
सिंहका निकटतम् प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट नेपाली कांगे्रसका उम्मेदवार रामसगुन यादवले १२ हजार आठ सय ९९ मत प्राप्त गरेका छन् । यस्तै जनमत पार्टीका उम्मेदवार दुष्यन्तकुमार कर्णले चार हजार सात सय ९३ मत प्राप्त गरेको छ ।
प्रतिक्रिया






