दियाद अड्डा : ‘जहाँको माछामा जनकपुरको स्वाद छ’

काठमाडौँ । मङ्गलबार साँझ भक्तपुरको लोकन्थली–१ मा ‘दियाद अड्डा’ नामक खाजा घरको उद्घाटन् भयो । यसरी दियाद अड्डा भनेर सुने देखेपछि अपनत्व महसुस हुन्छ भने यो के हो भनेर बुझ्न झन कौतुहलता बढ्छ । तर, यसको बारेमा बुझेपछि साँच्चिकै आफ्नै जस्तो अनुभूति हुन्छ ।

रोचक त के हो भने समाचारमा आएपछि कुनै ठुलै होटल हो भनेर पनि बुझिएला । तर, यो त्यस्तो पनि होईन । लोकन्थली आँखा अस्पताल पछाडी त्रिभुवन पार्कको छेउमै एउटा सटरमा सञ्चालन भएको यो होटल मात्रै होईन, आफ्नोपन पनि मसहुस गराउने एउटा ठाउँ हो ।

माछा भन्ना साथ झट्ट जनकपुरको याद आउँछ । जनकपुरको माछा भनेर काठमाडौँको अधिकांश ठाउँमा ठगिने गरेका छन् माछाका पारखीहरु । तर अब ‘दियाद अड्डा’ले जनकपुरको माछाको वास्तविक स्वाद काठमाडौँमा ग्राहकहरुलाई चखाउने भएको छ ।

अड्डामा उद्घाटनका दिन माछा खाँदै एक जनकपुरीया युवा भई करीब ४१ लाख भन्दा बढी भ्युवर्सको मन जित्न सफल मन्दिप मिश्रा उत्साहित हुँदै भन्छन्,–‘यतिका वर्षदेखि काठमाडौँमा बसिरहेको छु, तर आज जुन स्वाद दियाद अड्डामा पाएँ त्यो स्वाद आजसम्म काठमाडौँमा कतै पाएको थिईन ।’ त्यस्तै एक हातमा राखेको दुध चियाको चुस्की लिदै चियाका पारखी महोत्तरी हरिनमरी घर भई गृह मन्त्रालयका अधिकृत समेत रहेका रंन्जित कुमार यादवले भन्छन्,–‘यहाँ माछा मात्रै होइन, चिया पनि जनकपुर रामानन्द चोकको जामुन काकाको चिया जस्तै स्वादिलो छ । यतिमात्रै होईन काउँलीको बचका (तरुवा) अनि समोसा खाँदा गाउँको याद दिलायो ।’

’दियाद अड्डा’ एउटा होटल मात्रै होईन काठमाडौँमा अपनत्व मससुस गराउने एउटा ठाउँ पनि हो ।

नाम नै ’दियाद अड्डा’

मधेसको ठेठ भाषामा दाजुभाई र सबैलाई बुझ्ने अर्थमा दि यम्मी एण्ड डिलिसियस (The Yummy and Delicious) अड्डा । अर्थात प्रेम र सद्भावसहित जनकपुरको स्थानीय स्वाद ।

उद्घाटनकै दिन अड्डामा नास्ता खान पुगेका अशोक यादवको पनि मिश्रा जस्तै प्रतिक्रिया रहेको पाईयो ।

अड्डामा तारेको माछाको पिससँग मुरही(भुजा) मा तेल नुन र मसाला राखेर बनाईएको भुजासँग खाँदा जिब्रोको स्वादले जनकपुर छु जस्तै अनुभुति गराउछ । जसरी माछा थरीथरीका हुन्छन्, माछाका परिकार पनि यहाँ अनेक थरीकै पाइन्छ ।

पहाडबाट तराई मधेश झर्दा जो कोहीका लागि मधेसको चिया, मुरही, कचरी, बचका र समोसा खानैपर्ने विषय बन्छ । केही दिन अघि जनकपुरधाम पुगेकी काठमाडौँमा रहेर काम गर्ने एक संचारकर्मीले जनकपुरको मुरही, कचरी, आलुचप खाँदै निकै बखान गरीन् । दियाद् अड्डाका संचालक सुशान्त साह बताउँछन्,–’अब जनकपुरीयन फेमस नास्ताको स्वाद चाख्न जनकपुर नै पुग्नुपर्दैन ।’ यी नास्ताहरु जनकपुर र मधेसको पपुलर नास्ता मानिन्छ ।

स्वादिष्ट मात्रै होईन जनकपुरधाम अर्थात मिथिलाको वर्णन गर्दै लोकप्रिय कवि सोमदेवले लेखेका छन्, ‘पगपग पोखर, माछ, मखान, सरस मधुर मुस्की मुखपान ।’ (पाइलैपिच्छे पोखरी, माछा, मखान भेटिने मिथिलामा मुस्कुराउँदै पानले स्वागत गरिन्छ ।) त्यसैले पनि त्यहाँको माछा प्रसिद्ध छन् ।

व्यापार मात्रै होईन आफ्नो स्थानीय खाने परिकारको सम्बर्दनको निम्ति पनि यो होटल संचालनमा ल्याएको संचालक साहले बताउँछन् ।

प्रतिक्रिया