धनुषा–१ बाट जसपाका कार्की निर्वाचित

जनकपुरधाम । धनुषा– १ बाट प्रतिनिधि सभा सदस्यमा जनता समाजवादी पार्टीका दीपक कार्की निर्वाचित भएका छन् ।

निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृका यादवलाई ५ हजार ४८ मतान्तरले पराजित गर्दै कार्की निर्वाचित भएका हुन् ।

कार्कीले २७ हजार ४ सय ३१ मत ल्याएका छन् भने यादवले २१ हजार ४८३ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेको जनमत पार्टीका उम्मेदवार किशोरी साहले १४ हजार ४६७ मत पाएका छन् । कार्की एमाले जसपा गठबन्धनका उम्मेदवार थिए भने यादव सत्तारुढ गठबन्धनका उम्मेदवार थिए ।

यसअघि २०७४ को निर्वाचनमा मातृकाले कार्कीलाई पराजित गर्दै जित निकालेका थिए ।

प्रतिक्रिया