महोत्तरी १ मा एमालेका लक्ष्मी महतोबाट गिरिराजमणि पोखरेल पराजित

बर्दिबास । महोत्तरी क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार लक्ष्मी महतो निर्वाचित भएका छन् ।

नेकपा माओवादी केन्द्रका उम्मेदवार गिरिराजमणि पोखरेललाई १ हजार ३० मतान्तरले पराजित गर्दै महतो विजयी भएका हुन् ।

नेकपा एमाले–जसपा गठबन्धनबाट उम्मेदवारी दिएका महतोले सतारुढ पाँच दलिय गठबन्धनबाट उम्मेदवारी दिएका पोखरेललाई पराजित गरेका हुन् ।

प्रतिनिधिसभामा निर्वाचित महतोले २३ हजार ४०२ मत प्राप्त गरेका छन् भने नेकपा माओवादी केन्द्रका उपमहासचिव समेत रहेका पोखरेलले २२ हजार ३७२ मत ल्याएर पराजित भएका हुन् ।

प्रतिक्रिया