तेस्रो पटक संसद प्रवेश गर्दै महासेठ

जनकपुरधाम । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य रघुवीर महासेठले प्रतिनिधिसभा सदस्यमा धनुषा–४ मा विजयी भएपछि तेस्रो पटक संसदीय यात्रा तय गरेको छ ।
निर्वाचन आयोगका अनुसार महासेठले ३२ हजार दुई ३६ मत प्राप्त गर्नुभयो भन उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका महेन्द्र यादवले ३२ हजार ११२ मत प्राप्त गरेका छन् ।
महासेठ २०६५ सालमा संविधानसभा सदस्य उपनिर्वाचनमा धनुषा ५ बाट निर्वाचित भएको थियो । उनी संविधानसभा र तत्कालीन व्यवस्थापिकामा विभिन्न समितिमा रहेर जिम्मेवारी निर्वाह गरेको थियो भने । उनी २०७४ सालमा संघीय संसद प्रतिनिधिसभा सदस्यमा धनुषा–४ बाट विजयी भएको थियो ।
जनकपुर उपमहानगरपालिका २, धनुषामा बाबु मखन र स्व.मायावती महासेठको कोखबाट २०१८ साल साउन २२ गते जन्मनुभएका महासेठ हाल नख्खु, ललितपुरमा बस्छन् । उनको पत्नी जुलीकुमारी महतो र एक छोरा, एक छोरी छन् । उनले बि.ई (सिभिल इन्जिनियरिङ) अध्ययन गरेको छ ।
एमाले निकट विद्यार्थी संडठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनिययन (अनरास्ववियु) मा २०२८÷०२९ सालबाट औपचारिकरुपमा महासेठ राजनीतिमा प्रवेश गरेको थियो ।
उनी २०३७ सालमा अनेरास्ववियुको प्रथम पूर्वाञ्चल क्षेत्रीय अध्यक्ष निर्वाचित भएको थियो । वि.सं २०३३ सालमा तत्कालीन नेकपा (माले)को सदस्यता लिएर पार्टीगत राजनीति औपचारिक सुरुवात गरेको थियो भने र २०५४ सालदेखि एमालेको केन्द्रीय भएर काम गरेको थियो । विंस २०७६ सालमा एमालेको स्थायी कमिटी सदस्य भएको थियो ।
महासेठले २०६८ सालमा जलस्रोत तथा सिँचाइमन्त्री र २०७४ सालमा भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको जिम्मेवारीमा काम गरेको थियो ।
उनले २०५१ सालमा उदयपुर सिमेन्ट उद्योगको कार्यकारी अध्यक्ष भएर पनि काम गरेको थियो । उनको विशेष रुचिको क्षेत्र विकास, खेलकुद हो ।
राजनीतिक घटनाक्रमका क्रममा २०२८÷०२९ को संघर्षको क्रममा २७ दिन थुनामा बस्नुभएको थियो । राजनीतिक आन्दोलनको क्रममा पटक÷पटक गरी १३ महिना थुना र जेल जीवन बिताइसकेको छ ।






