जङ्गली हात्तीको आक्रमणमा बालकसहित ३ जनाको मृत्यु

काठमाडौं । आसामको गोलपारा जिल्लामा बिहीबार जङ्गली हात्तीको बथानले आक्रमण गर्दा बालक सहित कम्तीमा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । लखीपुरका वन क्षेत्र अधिकृत डा.ध्रुवदत्तले दिएको जानकारी अनुसार हात्तीको आक्रमणबाट दुईवटा गाडीमा समेत क्षति पुगेको छ ।

घटना गोलपारा जिल्लाको लखीपुर वनक्षेत्रको लखीपुर–आगिया सडकमा भएको हो ।

हात्तीको बथानले दुईवटा गाडीमा आक्रमण गर्दा एक बालकसहित तीन जनाको मृत्यु भएको दत्तले बताए ।

“अरु दुई जना पनि घाइते भएका छन्। उनीहरुलाई अस्पताल लगिएको छ,“ उनले थप पुष्टि गरे।

प्रतिक्रिया