ढल्केवरमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु, एकको अवस्था गम्भिर

जनकपुरधाम । धनुषाको ढल्कवेरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्।

मोटरसाइकलमा सवार दुई जना मध्ये एकजनाको मृत्यु घटनास्थलमै भए पनि प्रहरीले उपचारको क्रममा मृत्यु भएको जनाएको छ। इलाका प्रहरी कार्यालय ढल्केबरका अनुसार बसही पुल भन्दा आगाडि र श्रीपुर भन्दा ५००‌ मिटर पछाडि बसले मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो।

बसही पुल नजिकै श्रीपुर नपुग्दै गरेको ज १२ प १४९२ नम्बरको मोटरसाइकललाई बसले ठक्कर दिँदा दुर्घटना भएको हो ।

उनीहरुको पहिचान अझै खुल्न सकेको छैन। एकको मृत्यु भइसकेको र एक जनाको उपचार प्रादेशिक अस्पताल जनकपुरधाम भईरहेको छ।

अहिले मोटरसाइकल र बस इलाका प्रहरी कार्यालय ढल्केबरको नियन्त्रण रहेको छ।-दिवेश कुमार कुशवाहा

प्रतिक्रिया