डा शेरबहादुर पुनलाई अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार प्रदान

काठमाडौं । टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनलाई अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार– २०२२ प्रदान गरिएको छ। गैर आवासीय नेपाली संघ (एनआरएनए) क्यालिफोर्निया अमेरिकाद्धारा स्थापित यो पुरस्कारको राशी ११०० अमेरिकी डलर (१ लाख ४० हजार रुपैयाँ) रहेको छ।

कोभिड –१९ लगायत प्राणघातक संक्रमक रोगबाट मानव जीवन जोगाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै डा पुनलाई अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार – २०२२ बाट सम्मान गरिएको हो।

बिहीबार चितवनको माडीमा आयोजित विशेष समारोहमा बागमती प्रदेशसभा सदस्य ठाकुरप्रसाद ढकाल र माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्पराज ढकालले डा पुनलाई ताम्रपत्र सहित १ लाख ४० हजार रुपैयाँको चेक हस्तान्तरण गरे।

विशेषगरी सरुवा रोगको उपचार तथा अनुसन्धानमा निरन्तर सक्रिय डा पुन कोभिड–१९ को महामारीको बेला अग्रपंक्तिमा खटिएर निरन्तर सेवा दिने चिकित्सकको सूचीमा पर्दछन्।

प्रतिक्रिया