धनुषाको इनर्बामा भारतीय मृत महिला फेला

जनकपुरधाम । धनुषाको जनकनन्दिनी गाउँपालिका १ इनर्बामा एक भारतीय महिला मृत फेला परेको छ ।

नेपाल भारतको सिमानासमेत रहेको नगरपालिका १ ईनर्बा रेल्बेभन्दा पश्चिम सोनपर बाँध चौरीस्थित स्नाथीय मनोज यादवको खेतको डिलमा उक्त महिलाको मृत लास फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रहरीका अनुसार बेबारिसे मंगलबार दिउँसो २ बजेको समयमा लास फेला परेको प्रहरीले सूचना पाए पश्चात मृतक महिलाको लास सँगै रहेको झोलामा खानतलासी गर्दा सानो चिटमा फेला परेको मोबाईल नम्बरमा सम्पर्क गर्दा उनी भारतीय रहेको खुलेको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानमा मृतक भारत बिहार मुज्जफरपुर बस्ने रहेको छ ।

प्रहरीले मृतकको आफन्तलाई जानकारी गराई लासको कानून बमोजिम पोष्टमार्टको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखी घटनाको थप अनुसान्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया