मधेश प्रदेश नेकपा एकीकृत समाजवादीको दलको नेतामा न्यौपाने

जनकपुरधाम । नेकपा एकीकृत समाजवादी पार्टीको मधेश प्रदेश संसदीय दलको नेतामा गोविन्दबहादुर न्यौपाने चयन भएको छ ।

विहीबार मधेश प्रदेशमा संसदीय दलको नेता चयन गर्न बसेको बैठकबाट दलको नेतामा न्यौपाने सर्वसम्मत रुपमा चयन भएका छन् । न्यौपाने सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ को ‘क’बाट र्निवाचित भएका हुन् ।

यसअघि पनि उनी सोही क्षेत्रबाट वाम गठबन्धनको उम्मेदवार भएर निर्वाचित भएका थिए ।

प्रतिक्रिया