जनकपुरका मिटर ब्याजी दिलीप साह हतियार र गोलिसहित पक्राउ

जनकपुरधाम । धनुषाबाट एकजना मिटर ब्याजी हतियार र गोलीसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–१ बस्ने वर्ष ४१ का दिलीप साह छन् ।

साहविरुद्ध जिल्ला प्रशासन कार्यालय धनुषामा विभिन्न व्यक्तिहरूले उजुरी दिएका थिए । साहलाई प्रहरी नायब उपरीक्षक दीपक कुमार रायको कमान्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो ।

साहको घर तथा पसल खान तलासी गर्दा कपाली तमसुक, जग्गा धनी पुर्जा, खाली चेक लगायतका निम्न कागजातहरू तथा कटुवा पेस्तोल १ थान, ३०३ राइफलमा लाग्ने गोली ४ थान, म्यागनममा लाग्ने गोली १ थान र म्यागनमको खोका १ थान १ बरामद गरेको थियो । साहलाई पक्राउ गरी यस कार्यालयमा ल्याई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया