मधेसका ५४० सहिद परिवारलाई एक लाखको दरले आर्थिक सहयोग

जनकपुरधाम । जनयुद्धमा सहादत प्राप्त गरेका मधेस प्रदेशका ५ सय ४० परिवारलाई एक÷एक लाखको दरले आर्थिक सहयोग गरिएको छ ।

सोमबार जनयुद्ध दिवसको अवसरमा मधेस भवनमा आयोजित एक समारोहमा सहिद परिवारहरूलाई चेक हस्तान्तरण गरिएको हो ।

प्रदेश सरकारले आयोजना गरेको जनयुद्ध दिवसको कार्यक्रममा प्रमुख अतिथि रहेका उपराष्ट्रपति नन्दबहादुर पुनले सहिद परिवारलाई एक लाखको चेक हस्तान्तरण गरेका थिए ।

यस्तै बाँकी सहिद परिवारलाई बैंक खातामै रुपैयाँ पठाइने गृह तथा सञ्चार मन्त्रालयका सचिव राम कुमार महतोले जानकारी दिए ।

उपराष्ट्रपति पुनले जनयुद्धका सहिद परिवारलाई दोसल्ला ओढाएर सम्मान समेत गरेका थिए ।

प्रतिक्रिया