नेपाल स्वास्थ्य व्यवसायी परिषद्का पूर्व अध्यक्ष एवं पूर्व रजिस्ट्रारहरू सम्मानित

काठमाडौं । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले पूर्व अध्यक्ष र पूर्व रजिस्ट्रारहरूलाई सम्मानित गरेको छ ।

बुधवार परिषद्को २७ औँ वार्षिकोत्सवको अवसरमा परिषद्का पूर्व अध्यक्ष तथा रजिस्ट्रारहरूलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले सम्मान गरेका हुन् ।

पूर्व अध्यक्षहरू भरत झा, प्रा.डा. शिवकुमार राई, हरि कुमार लम्साल, डा. श्रवणकुमार मिश्र, दिपेन्द्र कुमार झा र राम प्रसाद भण्डारीलाई मन्त्री गिरीले कदर पत्र प्रदान गर्दै दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

त्यस्तै पूर्व रजिस्ट्रारहरू श्याम भाइ गौतम, राम सागर चौधरी, धनप्रसाद पौडेल, शोभा गौतम, कुम्भराज खाति र काशिनाथ रिमाललाई पनि सम्मानित गरिएको छ ।

प्रतिक्रिया
    ट्याग: