असोज ३ गतेलाई जनमत पार्टीले ‘कालो दिवस’ का रूपमा मनाउने

जनकपुरधाम । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले नेपालको संविधान जारी भएको दिन असोज ३ गते कालो दिवसका रूपमा मनाउने भएको छ । बिहीबार जनकपुरमा सम्पन्न भएको केन्द्रीय कार्यकारणी समितिको बैठकले असोज ३ लाई ‘कालो दिवस’ र मंसिर १५ गतेलाई ‘रंगभेदविरुद्धको एकता दिवस’ का रूपमा मनाउने निर्णय गरेको हो । 

यसगैरी बैठकले पार्टीले अगामी निर्वाचन लक्षित र पार्टी मजबुत बनाउन भन्दै विभिन्न १५ वटा निर्णयसमेत गरेको छ । बैठकले केन्द्री समितिमा तीन जना महिला सदस्य थप्ने निर्णय पनि गरेको छ । जसमा रूपन्देहीबाट नीलम पासवान, कपिलवस्तुबाट निशा हरिजन र धनुषाबाट रेखा कुमारीलाई केन्द्रीय सदस्यमा थप भएका छन् । 

बैटकले सक्रिय सदस्य तीनवटा बैठकमा अनुपस्थित भएको पाइए छानबिन गरेर त्यो ठाउँमा पुनः अर्को सदस्य चयन गर्ने पनि निर्णय गरेको छ । स्थानीय तहको निर्वाचन नजिकिकाले जिल्ला कार्यकारणी समितिको अवधि ६ महिना थप भएको छ । बैठकले पार्टीको नयाँ निर्देशिकासमेत पारित गरेको छ ।

प्रतिक्रिया
नागरिक मिरर