धनुषामा मोटरसाइकल दुर्घटनामा परी दुईजनाको घटनास्थलमै मृत्यु

जनकपुरधाम । धनुषामा मोटरसाइकल दुर्घटनामा परि दुईजनाको घटनास्थलमै मृत्यु भएको छ ।

शनिबार साँझ करिब साढे ८ बजेको समयमा जनकपुर-ढल्केवर सडकखण्ड अन्तर्गत लक्ष्मिनिया गाउँपालिका ४ सपहिमा भएको दुर्घटनामा स्थानीय ६० वर्षीय सत्य साह र ४५ वर्षीय राम एकवाल साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाको डिएसपी वेदप्रसाद गौतमले जानकारी दिएको छ ।

महेन्द्रनगरबाट जनकपुरतर्फ गईरहेको मोटरसाइकलले ट्र्याक्टरमा पछाडीबाट ठक्कर दिँदा मोटरसाइकल चालक र पछाडी बसेको दुबैजनाको मृत्यु भएको डिएसपी गौतमले जनाए ।

दुर्घटनामा सपहीको जानकी पोल इण्डस्ट्रीजको अगाडि ज १० प ६४२९ नम्बरको मोटरसाइकलले ज १प ४५५२ नम्बरको ट्याक्टरमा पछाडिबाट ठक्कर दिएको थियो ।

मोटरसाइकल चालक र पछाडि बसेको व्यक्तिको मृत्यु भएपछि ट्याक्टर चालक फरार भएको छ ।ट्याक्टर चालक फरार भएपनी उनको पहिचान भईसकेको र उनको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ।

यता मृतक दुबैजनाको शव पोस्टमार्टमको लागी प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको छ।

प्रतिक्रिया