युएई दुबईमा होली कार्यक्रम भव्यताको साथ सम्पन्न

जनकपुरधाम । विश्व भरि छरिएर रहेको मधेशी समुदायको छाता संगठन अन्तराष्ट्रिय समिति गैर आवासीय मधेशी संघ युएई शाखाको आयोजना ५ मार्च २०२३ आईतवार होली धमाका कार्यक्रम भव्यताको साथ सु–समपन्न भएका छन ।

हरेक वर्ष झै यस वर्ष युएईको विभिन्न प्रान्तमा बसोवास गर्दै आएको भएको प्रवासी संग होली धमाका कार्यक्रम मनाउन जनमत पार्टीको शिर्ष नेतागण आएको थियो । उक्त कार्यक्रमको प्रमुख अतिथि जनमत पार्टी राष्ट्रिय अध्यक्ष एवं गैर आवासीय मधेशी संघ संस्थापक माननिय डा. सि. के राउत, विशिष्ट अतिथि राष्ट्रिय उपाध्यक्ष एवं मधेश प्रदेशका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री माननिय ई. बसन्त कुशवाहा, अतिथि गैर आवासीय मधेशी संघ अन्तराष्ट्रिय समिति अध्यक्ष एवं जनमत पार्टीका केन्द्रीय सदस्य ई. शम्भुनाथ साह, अन्तराष्ट्रिय समिति उपाध्यक्ष एवं युएई वरिष्ट सल्लाहकार ई. संजय कर्ण रहेका थिए ।

त्यस्तै अतिथि एवं संयोजक डांफे रेस्टोरेंट डि.आई.पि. र न्यु इरा ट्राभ्लस एण्ड टुर्स बर दुबई रहेका थिए भने युएईमा रहेका अन्य संस्था प्रतिनिधित्व गरि रहेका पदाधिकारिगण, व्यपारी, बुद्धिजिवि मिडियाकर्मी हरुको गरिमय उपस्थिति रहेका थिए ।

त्यस्तै कार्यक्रमको सभापति गैर आवासीय मधेशी संघ अन्तराष्ट्रिय समिति सदस्य एवं युएईका अध्यक्ष जग नारायण मंडल रहेका थिए भने अध्तक्षता गैर आवासीय मधेशी संघ युएईका उपाध्यक्ष लक्ष्मी कान्त गुप्ताले गरेका थिए ।

अन्तराष्ट्रिय समिति गैर आवासीय मधेशी संघ यूएईले आयोजना गरेको होली धमाका कार्यक्रममा गैर आवासीय मधेशी सँघका सँस्थापक समेत रहेका माननिय डा. राउत लाई वैदेशिक रोजगारीको क्रममा विदेशमा रहेका मधेशी समुदायका छाता संगठनका युवाहरु विकास लगायत अन्य विषय सम्बन्धी संवाद समेत गरेका छन ।

साथै विभिन्न स्थानीय कलाकार हरूको धमाकेदार प्रस्तुति गरेका थिए ।

युएईको बर दुबई स्थित रहेको अस्टोरिया होटेल याक ७ यति क्लब बर दुबईमा मार्च ५ तारिकको विहान १० बजे देखि सांझ ६ बजे सम्म कार्यक्रमको आयोजना गरिएको गैर आवासीय मधेशी सँघ युएईका अध्यक्ष एवं अन्तराष्ट्रिय समिति सदस्य जग नारायण मंडलले जानकारी दिएका छन ।

गैर आवासीय मधेशी संघले विदेशमा रहेको मधेशी समुदाय लाई एक जुट गर्दै हरेक वर्ष होली, दशैं दिपावली छठ, रमजान, माघे संक्राति, अंग्रेजी नव वर्ष अवसरमा मधेशी समुदायको कार्यक्रम आयोजना गर्दै आई रहेका छन अगामिको दिनमा गरि रहने छ ।

युएई, कतार, साउदी अरब, मलेशिया, कुवैत, वहराईन लगायत अन्य ५१ वटा देशमा संगठन रहेका छन साथै आपत विपतमा सुख दुःखमा साथ दिदै आई रहेका छन ।

प्रतिक्रिया