राष्ट्रपति पौडेलले गरे पद तथा गोपनीयताको शपथ ग्रहण, निवर्तमान राष्ट्रपति भइन् विदा

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

सोमवार राष्ट्रपति भवन शीतल निवासमा आयोजित शपथ समारोहमा कायम मुकायम प्रधानन्ययााधीश हरिकृष्ण कार्कीले पौडेललाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

शपथपछि निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो कुर्सी राष्ट्रपति रामचन्द्र पौडेललाई हस्तान्तरण गरेकी थिइन् ।

समारोहमा उपराष्ट्रपति नन्द बहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वराष्ट्रपति डा. रामवरण यादव लगायतको उपस्थिति रहेको थियो ।

पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका हुन् । सो अवसरमा राष्ट्रपति पौडेललाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो ।

नयाँ राष्ट्रपतिले शपथ ग्रहण गरेसँगै निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी विदा भएकी छिन् ।

प्रतिक्रिया