वडाध्यक्ष यादवद्वारा विभिन्न विद्यालयमा परिक्षा अनुगमन

पर्सा । विरगञ्ज महानगरपालिका वडा नम्बर ३० का वडाध्यक्ष मनोज कुमार यादवले विभिन्न विद्यालयमा जारी परीक्षाको अनुगमन गरेका छन् ।
मङ्गलवारबाट सुरू भएको कक्षा आठको जिल्लास्तरिय परिक्षाको उनले अनुगमन गरेका हुन् ।
वडामा रहेका ३ वटा विद्यालयमा परीक्षा व्यवस्थित रुपले सञ्चालन भइरहेको छ वा छैन भनेर उनले अनुगमन गरेका थिए ।
वडामा रहेको श्री ने. रा. आधारभुत विद्यालय लालपर्सा, इस्लामिया मदर्सा प्रस्तिपुर, श्री ने. रा. आधारभुति विद्यालय प्रस्तिपुरमा उनले अनुगमन गरेका थिए ।
कक्षामा कसरी परिक्षा भइरहेको छ, विद्यार्थीलाई सहजता कतिको उपलब्ध छ, परिक्षा वातावरण कस्तो रहेको र यसलाई अझ प्रभावकारी कसरी बनाउन सकिन्छ भनेर आफूले अनुगमन गरेको वडाध्यक्ष यादवले बताए ।
वडामा शिक्षाको स्तर उकास्न र गुणस्तरीय शिक्षाका लागि आफू प्रतिवद्ध रहेको हुँदा शिक्षाको क्षेत्रमा काम गरिरहेको उनको भनाइ छ ।






