मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्त्री तथा प्रसुति र बालरोग तर्फको अध्यापन सुरु

जनकपुरधाम । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले थप दुईवटा विशेषज्ञ विधातर्फ अध्यापन सुरु भएको छ ।

प्रतिष्ठानका अनुसार एमडी/एमएस तर्फ स्त्री तथा प्रसुतिरोग र बालरोग तर्फको अध्यापन सुरु भएको छ ।

प्रतिष्ठानले पोस्ट ग्रेजुएट कोर्षमा स्त्री तथा प्रसुतिरोग विशेषज्ञ तर्फ २ जना र बालरोग विशेषज्ञ तर्फ १ जनाले अध्यापनका लागि नाम दर्ता गराएका छन् ।

यसअघि प्रतिष्ठानमा स्नातक तह तफए बीएससी नर्सिङ, बीएनएस, बीएससी एमएलटी र बीपीएचमा अध्यापन हुँदै आएको छ ।

प्रतिक्रिया