समाजवादी युवा सङ्घ, मधेश प्रदेश युवा समितिले बुझायो १७ बुँदे सुझावसहितको ज्ञापन पत्र

जनकपुरधाम। जनता समाजवादी पार्टी, (जसपा) नेपालको भ्रातृ सङ्गठन समाजवादी युवा सङ्घ, मधेश प्रदेश युवा समितिले १७ बुँदे सुझाव बुझाएको छ ।

विधान मस्यौदामाथि बाराको कलैयामा जारी प्रदेश स्तरीय छलफल तथा अन्तरक्रिया कार्यक्रममा समाजवादी युवा सङ्घ, मधेश प्रदेश युवा समितिका प्रदेश सचिव कमलेश यादव र प्रदेश सदस्य एवं बारा जिल्ला युवा समिति अध्यक्ष सुजित कुमार पाण्डेय तथा केन्द्रिय युवा समिति महासचिव दिलिप पटेलले उक्त सुझावसहितको ज्ञापन पत्र विधान मस्यौदा समितिका संयोजक लालबाबु राउतलाई बुझाएका हुन् ।

पार्टीले हामीसँग युवा सम्बन्धी सुझाव मागेको हुँदा त्यही अनुरूप सुझावसहितको ज्ञापन पत्र बुझाएको समाजवादी युवा सङ्घका अध्यक्ष आतेश सिंह यादवले बताए ।

सुझावसहितको ज्ञापन पत्र बुझ्दै संयोजक राउतले सुझावलाई गम्भीरताका साथ मनन् गर्ने बताए ।

समाजवादी युवा सङ्घ, मधेश प्रदेश युवा समितिका मुख्यसचिव ओम यादव (मनिष) ले जनता समाजवादी पार्टी, नेपाल मातहतको समाजवादी युवा सङ्घ सक्रिय भ्रातृत्वसहितको सङ्गठन रहेको बताए।

उनले भ्रातृसङ्गठनले शसक्त भुमिका खेलेको र खेल्दै आएको भएपनि नेतृत्व वर्गको उपेक्षामा युवा परेको हुँदा विधान मस्यौदा समितिका संयोजक राउतलाई सुझावसहितको ज्ञापन पत्र बुझाएको बताए ।

सबै युवाहरूको सुझाव विचार सकलन गरि यस माग, मुद्दा र सुझाव तैयार पारिएको भन्दै उनले अब युवा तथा युवा सङ्ठनलाई नयाँ सोचका साथ हेर्नुपर्ने र जिम्मेवारी दिनुपर्ने बताए ।

यस्तो छ सुझावसहितको ज्ञापन पत्र:

प्रतिक्रिया
    ट्याग: