निजामती अस्पतालका आन्दोलनरत कर्मचारी र सरकारबीच ६ बुँदे सहमति, यस्ता छन् सहमति भएका बुँदाहरू

काठमाडौं । निजामती कर्मचारी अस्पतालका आन्दोलनरत कर्मचारीहरूले १४ औं दिनमा आन्दोलन स्थगित गरेका छन् ।

आन्दोलनरत कर्मचारी र सरकारबीच सोमवार भएको वार्तामा सहमति जुटेपछि उनीहरूले आन्दोलन स्थगित गरेका हुन् ।

अस्पतालका कार्यकारी निर्देशक डा.विधाननिधी पौडेलले रिले अनसनमा बसेकी सिनियर नर्स लज्जा थापालाई जुस खुवाएर अनसन तोडाएका छन् ।

निजामती अस्पताल (कर्मचारीहरूको सेवाका शर्त र सुविधा) नियमावली र निजामती कर्मचारी अस्पतालको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणमा आवश्यक संशोधन तथा परिमार्जन प्रक्रिया १ महिनाभित्र पेश गर्ने र सो क्रममा चिकित्सक, कर्मचारी युनियन लगायतको प्रतिनिधिको समेत सहभागिता रहने, ज्यालादारीमा कार्यरत कर्मचारीहरूको सम्बन्धमा कार्यरत कर्मचारीलाई प्राथमिकतामा राखी करार कार्यविधि, २०७८ अनुसार स्वीकृत दरबन्दीमा पदपूर्ति प्रक्रिया अगाडी बढाउने लगायतको सहमति भएको हो ।

वार्तामा सरकारको तर्फबाट सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव डा.कृष्णहरी पुष्कर, अस्पतालका कार्यकारी निर्देशक डा.पौडेल लगायतका उपस्थित थिए भने आन्दोलनरत पक्षबाट डा.सुमन मरहट्ठा, डा.प्रकाश जोशी पोखरेल, डा.अजित मल्लिक, डा.दिपेश केशी, केशव रोकाया लगायतको उपस्थिति रहेको थियो ।

विभिन्न ६ बुँदे माग राखेर आन्दोलनमा उत्रेका झन्डै ६ सय कर्मचारीले अस्पतालका सेवा सुचारु राख्दै शान्तिपूर्ण तरिकाले आन्दोलनमा थिए ।

व्यवस्थापन पक्षले कर्मचारीको वृत्ति विकास स्थायित्वको बर खिलाफमा गई पदपूर्तिका लागि अन्याय हुने गरी विज्ञापन गरेकाले कर्मचारीहरू आन्दोलनमा उत्रेका थिए ।

नागरिक मिररले सरकारले आन्दोलनलाई वेवास्ता गरेको भन्दै सोमवार बिहान मात्रै समाचार प्रकाशन गरेको थियो । जसमा आन्दोलनरत पक्षमाथि अस्पताल प्रशासनले गरिरहेको श्रमशोषण, कर्मचारीमाथिको विभेद लगायतका मुद्दालाई प्राथमिकता दिइएको थियो ।

यस्तो छ सरकार र आन्दोलनरत पक्षबीच भएको ६ बुँदे सहमति :

प्रतिक्रिया