सडकमा नाचेका एक जोडीलाई १० वर्षको जेल सजाय

काठमाडौं । तेहरानस्थित आजादी (फ्रीडम) टावर अगाडि नाचिरहेका एक जोडीलाई १० वर्ष जेल सजाए सुनाइएको छ । उमेरले २० वर्षमाथिका एक इरानी जोडीलाई उनीहरू सडकमा नाचिरहेको भिडिओ सार्वजनिक गरेका कारण १० वर्षको जेल सजाय सुनाइएको हो ।
उनीहरूमाथि भ्रष्टाचार, वेश्यावृत्ति र दुष्प्रसार गरेको आरोप लगाइएको थियो र हाल दोषी ठहर भएको बताइएको छ। सार्वजनिक भिडिओमा उनीहरू तेहरानस्थित आजादी (फ्रीडम) टावर अगाडि नाचिरहेको देखिन्छन्।
आचार व्यवहार निगरानी गर्ने विशेष प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरुले आ–आफ्नो इन्स्टाग्राममा राखेको भिडियो झन्डै २० लाखले पच्छाएको इन्स्टाग्राम खातामार्फत भिडिओ साझा गरेपछि उनीहरू पक्राउ परेका थिए ।-बीबीसी
प्रतिक्रिया






