सरकारले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय तर्फ छुट्यायो ८३ अर्ब ९९ करोड रकम

काठमाडौं । सरकारले शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताललाई ३ सय शय्याको अस्पतालको रुपमा विस्तार गर्ने भएको छ ।

आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाश शरण महतले नेपाललाई क्षयरोग निवारणमुक्त बनाउनका लागि १ अर्ब १५ करोड बजेट विनियोजन गरेको बताए ।

उनले बालबालिकालाई दिइँदै आएको खोपलाई निरन्तरता दिँदै आगामी वर्षका लागि १ अर्ब २८ करोड बजेट विनियोजन गरिएको बताए ।

सरकारले नवजात शिशु तथा मातृ शिशु मृत्युदर बढी रहेको क्षेत्रमा आमा सुरक्षा कार्यक्रमलाई निरन्तरता दिइने र त्यसका लागि आवश्यक बजेट विनियोजन गरेको पनि उनले बताए ।

महिलाहरूमा देखिने पाठेघरको मुखको क्यान्सरबाट लड्नका लागि ९ देखि १४ वर्ष उमेर समूहका बालबालिकालाई एचपीभी खोप निःशुल्क लगाइने छ ।

एक स्वास्थ्य संस्था एक स्वास्थ्यकर्मी कार्यक्रमका लागि सरकारले २४ करोड बजेट विनियोजन गरेको छ ।

सरकारले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय तर्फ ८३ अर्ब ९९ करोड रकम विनियोजन गरेको छ ।

प्रतिक्रिया
    ट्याग: