प्रादेशिक अस्पताल जनकपुरको निर्देशकमा डा. पण्डित

जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरको निर्देशकमा डा.राम नरेश पण्डित नियुक्त भएका छन् ।
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत पर्ने प्रादेशिक अस्पताल जनकपुरको स्त्री तथा प्रसुति रोग विभागका प्रमुख रहेका डा.पण्डित १० औं तहका कर्मचारी हुन् ।
डा.पण्डितले आजै चिट्ठि पनि बुझिसकेका छन् ।
यसअघि निर्देशकको जिम्मेवारीमा रहेका डा.प्रमोद यादव मधेश प्रदेशको स्वास्थ्य मन्त्रालयको सचिवमा बढुवा भएपछि रिक्त रहेको निर्देशक पदमा डा.पण्डितलाई जिम्मेवारी दिइएको हो ।
प्रतिक्रिया






