मधेसको बजेट : ४४ अर्ब ११ करोड ४६ लाख (पूर्णपाठसहित)

जनकपुरधाम । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजारको बजेट ल्याएको छ ।
सरकारका अर्थमन्त्री संजयकुमार यादवले शुक्रबार प्रस्तुत गरेको वार्षिक आयव्यय विवरणमा चालु तर्फ १८ अर्ब २१ करोड ७६ लाख १४ हजार अर्थात ४१.३० प्रतिशत रकम विनियोजन गरिएको छ ।
यसैगरी पूँजीगततर्फ पूँजीगत तर्फ २५ अर्ब ६९ करोड ७० लाख १८ हजार अर्थात ५८.२५ प्रतिशत, वित्तिय व्यवस्थातर्फ २० करोड अर्थात ०.४५ प्रतिशत विनियोजन गरिएको छ ।
आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये आन्तरिक स्रोतको राजश्वबाट ४ अर्व ३७ करोड ८१ लाख २ हजार, नेपाल सरकारबाट राजश्व बाँडफाँड वापत प्राप्त ११ अर्व ३८ करोड १९ लाख र समानीकरण वापत प्राप्त अनुदान ७ अर्व ४१ करोड ५० लाख र चालु आर्थिक वर्षको विनियोजनबाट बचत हुने नगद मौज्दात १२ अर्व ९० करोड ११ लाख, विशेष अनुदान ४९ करोड, समपुरक अनुदान ९८ करोड, संघीय सरकारबाट सशर्त योजनाका लागि प्राप्त अनुदान ४ अर्व ५६ करोड ८५ लाख गरी जम्मा ४४ अर्व ११ करोड ४६ लाख ३२ हजार व्यहोर्दा २ अर्व न्यून हुने देखिन्छ । सो न्यून पूर्ती गर्न आगामी आर्थिक वर्षमा आन्तरिक ऋण परिचालन गरिनेछ ।






