नि:शुल्क सेवा दिँदै मंगलम : १९४ जनाले गराए प्ररीक्षण

जनकपुरधाम । मंगलम डाइग्नोस्टीक सेन्टर जनकपुर शाखाले आफ्नो तेस्रो निःशुल्क स्वाथ्य शिविर सम्पन्न गरेको छ । जनकपुरधाम स्थित वडा नम्बर ११ लक्ष्मण अखाड़ा छेउ सामुदायिक विद्यालयमा सम्पन्न गरेको शिविरमा १३० जना महिला र ६४ जना पुरूषले शिविरबाट जांच गराई लाभ उठाएका छन ।

आजै मंगलम डाइग्नोस्टिक सेन्टर जनकपूर शाखा प्रमुख (प्रबन्ध निर्देशक) अर्थ ठाकुरलाई स्थानीय आयोजनले सम्मान समेत गरेका छन । मनोकामना युवा कमिटिको विशेष आग्रहमा सेन्टरले शिविर राखेको र कम समय मै समाजको लागि निरन्तर शिविरको माध्यमबाट योगदान दिएको भन्दै शाखा प्रमुख ठाकुरलाई विशेष सम्मान प्रदान गरेका थिए ।

क्लवको सहकार्यमा आयोजित शिविरमा जनकपुरधाम उपमहानगरपालिकाका उप-प्रमुख किशोरी साहले समेत आफ्नो रगत परीक्षण गराई शिविरलाई शुभारम्भ गरेका थिए । कार्यक्रममा क्लवका पदाधिकारी सँगै नेकपा एमालेका युवा नेता सुरेन्द्र भण्डारी लगायत नागरिक समाजको भव्य उपस्थित रहेको आयाेजकले बताए ।

मंगलम सधै समाजको साथ रहने र आफुले सके सम्म सहयोग गर्ने शाखा प्रमुख ठाकुरले जानकारी दिएका छन । सम्मान ग्रहण गर्दै ठाकुरले भने, ‘शिविरमा मधुमेह र थाइराइडको निःशुल्क चेकजांच भएको छ ।’ समाजमा अहिले यो रोगले गर्दा आम मानिसलाई कठिनाई हुने हुँदा समय समयमा चेजजाँच गराई राख्न सुझाब दिएका हुन् । विगत एकदशक पूर्व देखी पर्सा स्थित बीरगंजमा सेवा दिदै आइको मंगलम डाइग्नोस्टिक सेन्टरले आफ्नो शाखा विस्तारको क्रममा गत महीना मात्र जनकपुरधाममा शाखाको विधिवत शुभारम्भ गरेको थियो ।

वरिष्ठ डॉक्टर अमरनाथ ठाकुरले संचालनमा ल्याएको मंगलम ल्याब कम समय मै चेक जाँचमा चर्चित बन्दै गएकाे हाे । ‘मंगलमका ज़न सम्पर्क अधिकारी नरेश लाभले भने, ‘ हाम्रो उदेश्य मात्र पैसा कमाउनु होइन समाजलाई केहि दिने पनि हो , त्यसैले निःशुल्क शिविर सँगै आफूहरुले अन्य जाँचमा पनि २० प्रतिशत छूट दिने गरेको छू।’

शनिवार बिहान ७ बजे देखी सुरु भएको शिविर १०:३० बजे सम्म चलेको थियो । शिविरमा पुरुष भन्दा बढ़ी महिलाहरहरू उपचारको लागि आएको आयाेजकले बताए ।

प्रतिक्रिया
    ट्याग: