सनराइज वैँक सिमराद्धारा ट्राफिक प्रहरीलाई ‘पोस्ट’ हस्तान्तरण

बारा । बाराको जितपुरसिमरा स्थित सनराइज वैँक शाखाले ट्राफिक प्रहरीहरुका लागि अस्थाई ट्राफिक पोस्ट हस्तान्तरण गरको छ । बिहिवार एक कार्यक्रमको आयोजना गरी वैँकले करिव १ लाखको लागतमा निर्माण गरिएको पोस्ट हस्तान्तरण गरेको हो ।

सनराईन बैंक सिमरा शाखाका प्रमुख मोहनकुमार अधिकारीले समाज प्रतिको प्रवित्र कर्तव्य र जिम्मेवारी पुरा गर्दै ट्राफिक प्रहरीलाई कार्यसम्पादनमा सहज होस् भन्नका लागि सहयोग गरिएको बताएका छन् । ‘ट्राफिक प्रहरीलाई घाम, पानी र धुलोमा पनि काम गर्न सजिलो होस् भन्नका लागि अहिलेलाई सिमरा चोकमा र केही दिनभित्र पथलैयादेखि वीरगञ्जसम्मको ६ लेनको ठाँउ ठाँउमा जनचेतनामुलक बोर्डहरु राख्ने हामे कार्यक्म छ’ सनराईज बैंक सिमरा शाखा प्रमुख अधिकारीले भने ।

सनराईज बैंकले सिमराको मुख्य चोकमा खटिने सुरक्षाकर्मीहरुको पोस्ट निर्माण गरिदिएको हो । जिल्ला ट्राफिक कार्यलय बाराका प्रमुख शुरेस ठाकुरले ट्राफिक प्रहरीसँग भएको जरिवाना रकम, बिल भरपाई राख्ने ठाँउको अभाव, पानी पर्दा बस्ने ठाँउको अभावमा ट्राफिक पोष्टले ठुलो काम गर्ने बताएका छन् । ‘ट्राफिक प्रहरी खोज्नुपर्यो भने पनि यो पोष्टले धेरै सहयोग गर्दछ, यस्तो पोष्टहरु चोक–चोकमा भईदियो भने काम गर्न धेरै सजिलो हुन्थ्यो’ जिल्ला ट्राफिक प्रहरी कार्यलय बाराका प्रमुख ठाकुरले भने ।

हस्तान्तरण कार्यक्रममा सनराइज वैँकका मधेश प्रमुख दिपक पंडित, जीतपुरसिमरा वडा नं २ का वडा अध्यक्ष धन बहादुर श्रेष्ठ, जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढका प्रमुख शुरेस ठाकुर, अस्थाई ट्राफिक प्रहरी कार्यालय सिमराका प्रमुख दिलिप कुमार यादव लगायत स्थानिय व्यवसायीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया