धार्मिक स्थलमा अश्लील हर्कत गरेर टिकटक बनाउने एकजना युवक पक्राउ

जनकपुरधाम । धार्मिक स्थलमा अश्लील हर्कत गर्ने एकजना टिकटकरलाई धनुषा प्रहरीले पक्राउ गरेका छन् । प्रहरीले जानकी मन्दिरको विवाहमण्डमा अश्लिल हर्कत गरि भिडियो बनाएर टिकटोकमा अपलोड गर्ने एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषाको औरही गाउँपालिका(६ का १८ वर्षीय अनिरुद्र यादव रहेको धनुषाका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।

अनिरुद्र केहि दिनअघि जानकी मन्दिर छेउमा रहेको विवाह मण्डपमा एक युवतीसँग अश्लिल हर्कत गरिँदै भिडियो बनाएर टिकटोकमा अपलोड गरेपछि उनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

धनुषा प्रहरीलाई स्थानीय मन्दिर प्रशासन, युवाहरुले समेत समाजिक सँजालबाटै बिरोधि गरेपछि उनलाई पक्राउ गरिएको हो । पक्राउ परेका अनिरुद्रमाथि अभद्र ब्यबहार मुद्दा दर्ता गरिएको प्रहरी नायब उपरीक्षक गौतमले जानकारी दिइएको छ ।

प्रहरीका अनुसार टिकटको भिडियोमा देखिएको युवती र भिडियो खिच्नेको खोजी भैरहेको छ । धार्मिक स्थल रहेको विवाहमण्ड प्रवेशसहित मोबाईल, क्यामेरामा प्रतिबन्ध नरहेको कारण विभिन्न समयमा यस्ता अश्लिल हर्कतका भिडियोहरु सार्वजनिक हुँदै आएको छ ।

प्रतिक्रिया