काँग्रेस मधेश प्रदेश कार्यसमिति सदस्य कोइरालाको सुझाव: सम्पूर्ण विभागहरूलाई पूर्णता दिइयोस

जनकपुरधाम । नेपाली काँग्रेस मधेश प्रदेश कार्यसमितिको बैठक सम्पन्न भएको छ ।

बिहीवार जनकपुरस्थित पार्टी कार्यालयमा बसेको बैठकमा निम्न विषयहरूमा सदस्यहरूले आ-आफ्नो धारणा राखेका छन् । साथै सुझाव पनि दिएका छन् ।

मधेश प्रदेशका सदस्य रविन चन्द्र कोईरालाले पनि आफ्नो धारणासहित विभिन्न सुझावहरू दिएका छन् ।

उनले कार्यसमिति बैठकको एजेण्डा बैठक बस्ने दिनको कम्तिमा पनि ५ दिन अघि कार्यसमिति सदस्यहरूलाई जानकारी गराउन अनुरोध गरेको बताए । सो परिपाटीको विकास गर्न सके कार्यसमितिको बैठकमा सुझाव दिन सहज हुने उनको भनाइ छ ।

विधानमा जिल्ला कार्यसमितिका सभापतिज्यूहरू आमन्त्रित सदस्य हुने व्यवस्था भए पनि कुनै पनि सभापतिज्यूहरू उपस्थित नभएको अवस्थामा जिल्लाको अवस्था बारे प्रदेश कार्यसमितिलाई केही पनि जानकारी प्राप्त नहुने भएकोले जिल्ला कार्यसमितिका सभापतिज्यूहरूलाई विधान बमोजिम अनिवार्य उपस्थित गराउन पदाधिकारीहरूज्यूहरू समक्ष अनुरोध गरेको उनले बताए।

विधानमा व्यवस्था भए अनुरूप सम्पूर्ण विभागहरूको मिति तोकेर यथाशीघ्र पूर्णता दिई जनता समक्ष कार्यक्रम लिएर जान सुझाव दिएको बताए । साथै विभागको संयोजक र सदस्यहरूको नियुक्ति गर्दा जथाभावी तरिकाले नगरी विषय विज्ञताको आधारमा नियुक्ति गर्न पनि सुझाव दिएको उनले बताए ।

उनले मधेश प्रदेशको साङ्गठानिक, प्रशासनिक, प्रशिक्षण र आर्थिक रूपमा सँधै साथ दिने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

यस्ता छन् सदस्य कोइरालाका सुझावहरू:
१. विधानमा व्यवस्था भए अनुरूप प्रत्येक वर्ष गरिनु पर्ने वडा, नगर, प्रदेश, क्षेत्रीय , जिल्ला र मधेश प्रदेश सम्मेलन गर्न ढिला भएको कारणले यथाशीर्घ सो सम्मेलन गराउनु पर्ने

२. २०७६/०९/०३ मा सभापति शेर बहादुर देउवाको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले “राजनितिक पूर्वाग्रह राखी रौतहट क्षेत्र नं २ का तत्कालिन सांसद एवम पूर्व मन्त्री आफताब आलम माथि झुठ्ठा प्रमाणहरू संकलन गर्दै षड्यन्त्र पूर्वक फसाउने कार्य गरेकोमा संसदीय दलले घोर आपत्ति गरेको थियो ।” सोही विषयमा बैठको एजेण्डामा राखेर प्रदेश कार्यसमिति र प्रदेश संसदीय दलले केन्द्रीय तहमा आवश्यक पहल गर्नु पर्ने

३. मधेश प्रदेश संसदीय दलमा भएका निर्णय र संसदमा आएका विषयहरू र त्यसको वारेमा नेपाली कांग्रेस मधेश प्रदेशको धारणा प्रदेश कार्यसमितिमा अनिवार्य प्रस्तुत गर्नु पर्ने । प्रदेश कार्यसमितिलाई जानकारी भए पार्टीले सरकारमा रहँदा गरेको राम्रो कार्यको प्रचार गर्न सहज हुने

४. विधानको परिच्छेद -७ (२३) (५) बमोजिम नेपाली काँग्रेसको तर्फबाट सार्वजनिक लाभको पदमा निर्वाचित, मनोनित वा नियुक्त भएका संघीय मन्त्री , संघीय सांसद , प्रदेश मन्त्री, प्रदेश सांसद, जिल्ला समन्व्य समितिका प्रमुख / उपप्रमुख, नगरपालिका प्रमुख/उपप्रमुख, गाउंपालिका अध्यक्ष/ उपाध्यक्ष / वडा अध्यक्ष तथा कार्यपालिका सदस्य र अन्य राजनितिक नियुक्ति वा मनोनित सदस्यहरूले प्रत्यक महिनाको पारिश्रमिकको केही रकम विधान बमोजिम शुल्क सङ्कलन गर्न

५. विधान बमोजिम केन्द्रिय तह देखी वडा तह सम्म पार्टीमा विभिन्न तहमा बसेका पदीधिकारी तथा सदस्यहरूले लेभी बुझाउनु पर्ने व्यवस्थालाई समय सिमा तोकि सङ्कलन गर्न

६. शिक्षा, स्वास्थ्य , कृषि लगायतका अन्य विभागको नेतृत्वमा विज्ञहरू संग परामर्श गरी सुझाव अनुरूप कार्य गर्न

७. मधेश प्रदेशमा महिला नेतृत्व विकाशका लागि गम्भीर पहलको आवश्यक्तालाई औंल्याउँदै प्रत्येक नगर, गाउँपालिका, क्षेत्र र जिल्लामा नेतृत्व गर्न सक्ने सम्भावित महिलाहरू छनौट गरी नेतृत्व विकाशका तालिम अहिले देखी नै शुरूवात गर्न माग गरेको छु । जहिले मेयरका प्रत्यासीहरू मिलाउन मेयरको टिकट नपाउनेको गृहणीलाई उपमेयरको टिकट दिने अन्यायपूर्ण प्रचलनको अन्त्य गर्नु पर्ने

८. मधेशका युवाहरूको आकर्षण क्षेत्रीय दलहरू प्रति बढ्दो देखिएकोले काँग्रेस पार्टी तर्फ आकर्षण बढाउन उपयुक्त योजना र कार्यक्रमहरू सञ्चालन गर्न

९. अबको ५ वर्षमा नेपाली काँग्रेस कस्तो मधेसको परिकल्पना गर्दैछ ? मधेशी जनताको जीवनस्थरमा सकारात्मक प्रभाव पार्न के गर्दैछ? विज्ञहरूको कमिटी बनाएर प्रतिवेदन तयार पारी सो बमोजिम योजनाबद्ध रूपमा जनता समक्ष लैजान

१०. डिजिटल मधेश प्रदेशको अवधारणा मैले ५ महिना अघावै सभापतिज्यूको अनुरोधमा पदाधिकारी बैठकमा प्रस्तुत गरेको थिए, आज सम्म कार्यान्वयन नभएकाले, सोही विषयमा तत्काल कार्य अगाडी बढाउन

११. भ्रष्टचारको विषयमा प्रदेश कार्यसमितिको धारणा के हो ? नक्कली भुटानी शरणार्थी, ललिता निवास काण्ड, सुन काण्डको विषय किन एजेण्डामा परेन भन्ने प्रश्न राखेको छु । भ्रष्टचारका विषयमा मधेश प्रदेश कार्यसमितिको धारणा स्पष्ट रूपमा मधेशी जनता समक्ष पुर्‍याउनु पर्ने भन्दै स्पष्ट आधिकारिक धारणा सार्वजनिक गर्न

१२. ८ वटा जिल्ला, ६१ लाख बढी जनसङ्ख्या, ९६६१ वर्ग किलोमिटर ३२ क्षेत्र , ६४ प्रदेश क्षेत्र, १३६ नगरपालिका / गाउँपालिका भएको मधेश प्रदेशमा वर्तमान सचिवालयका कर्मचारीलाई कार्यभार थेग्न नसक्ने अवस्था भएकोले, थप कर्मचारीको आवश्यक्ताको विश्लेषण गरी कर्मचारीको व्यवस्थापन गर्न

१३. अन्य पार्टीबाट नेपाली काँग्रेसमा साथीहरू प्रवेश गर्नु हाम्रो सफलता नै हो । पार्टी प्रवेश गर्ने वित्तिकै प्रदेश सदस्य पदमा मनोनित गर्दा ३० औं वर्ष देखि काँग्रेसमा कार्य गरेका साथीहरूको मनोबलमा पर्न सक्ने असर तर्फ समितिको ध्यानाकर्षण गर्न

प्रतिक्रिया
    ट्याग: