गृहमन्त्रीलाई कालो झण्डा देखाउने पाँच जना पक्राउ

जनकपुरधाम । वीरगञ्जमा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई कालो झण्डा देखाउने पाँच जनालाइ पक्राउ गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साको नवनिर्मित भवनको उद्घाटन गर्न वीरगञ्ज आएका गृहमन्त्री श्रेष्ठलाई कालो झण्डा देखाउनेलाई पक्राउ गरिएको हो ।

धरानमा गरिएको ‘गाई हत्या’ मा संलग्नलाई कारवाहीको सट्टा निषेधाज्ञा जारी गरी हिन्दुत्व दबाउन खोजेको भन्दै उनी विरुद्ध हिन्दु स्वयम् सेवक संघका युवाहरुले प्रर्दशन गरेका छन् ।

राष्ट्रिय जनावरसमेत रहेको गाईगोरु काटेर भोज गरि खुल्लेआम समाजिक सञ्जालमा प्रचार गर्दा समेत अपराधीलाई कारवाही गर्न सरकार अग्रसरता नदेखाएर शंकाष्पद र हिन्दत्व विरोधी काम गरेको भन्दै युवाहरु गृहमन्त्रीको विरोध गरेका छन् ।

प्रदर्शनको क्रममा स्थानीय युवा प्रज्वल डंगोल, मुन्ना गुप्ता, विशाल गुप्ता, राजा गुप्ता र जितेन्द्र सर्राफलाई प्रहरीले पक्राउ गरेको हिन्दु स्वयंम सेवक संघले जनाएको छ।

प्रतिक्रिया