समाजवादी युवा संघको केन्द्रिय अध्यक्षमा यादव निर्विरोध

जनकपुरधाम । जनता समाजवादी पार्टी(जसपा) नेपालको भ्रातृ संगठन समाजवादी युवा संघको केन्द्रीय अध्यक्षमा संजीव यादव चयन भएका छन् ।

शनिबार जनकपुरधाममा बसेको बैठकले यादवलाई समाजवादी युवा संघको केन्द्रिय समितिको अध्यक्षमा निर्विरोध चयन गरेको छ । युवा संघको पदाधिकारी बैठकबाट उनलाई अध्यक्षमा प्रस्ताव गरेको थियो । आज जसपा मधेश प्रदेशको पार्टी कार्यालयमा बसेको केन्द्रिय समितिको बैठले सो प्रस्तावलाई अनुमोदन गर्दै उनलाई निर्विरोध चयन गरेको छ ।

सरल र सहज स्वभावका अध्यक्ष यादव तत्कालीन मधेशी जनअधिकार फोरम नेपालको संस्थापक युवा सदस्य हुन् ।

फोरम नेपालबाट राजनीतिमा होमिएका अध्यक्ष यादव मधेशी किसान फोरमको महासचिव थिए । त्यसपछि युवा फोरमको केन्द्रिय सदस्य, कोषाध्यक्ष हुदैँ जसपा गठनपछि समाजवादी युवा संघमा उनी वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हाल्दैँ आएका थिए । संघको पदाधिकारी बैठकबाट उनलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको थियो ।

सिरहा जिल्लाको सिरहा नगरपालिका ३ मखनाहा निवासी अध्यक्ष यादव लामोसमय देखि राजनीतिमा सक्रिय रहदैँ आएको छ ।

प्रतिक्रिया