एमाले नेता अरगरियालाई कतारमा स्वागत

जनकपुरधाम । पूर्वमन्त्री तथा नेकपा एमालेका नेता उमाशंकर अरगरियालाई कतारमा युवाहरुले स्वागत गरेका छन् ।

पार्टीको तर्फबाट कतारमा आफ्नो संगठन विस्तार गर्न शनिबार बिहान कतार पुगेका उनलाई त्यहाँ कार्यरत मधेसी युवाहरुले स्वागत गरेका हुन् । उनी कतार आईरहेको खबर पाएपछी युवाहरुले एएर्पोटमै पुगेर स्वागत गरेको हो।

यसअघि कतारमा संगठन थियो नै त्यसैलाई सकृय बनाउँन कतार आएको नेता अरगरियाले बताएका छन् ।

उनी अहिले कतारमा कार्यरत नेपालीहरुसँग भेटघाटमा व्यस्त छन् । त्यहाँ बस्ने कार्यरत नेपाली कामदारहरुसँग उनीहरुको क्याम्पमै गएर भेटघाट गरिरहेको उनले जानकारी दिएका छन् ।

उनका अनुसार बिदाको दिन सबैलाई भेला गराएर यहाँको अध्यक्ष तथा पदाधिकारीहरुको उपस्थितीमा विभिन्न कार्यक्रमहरु पनि गर्ने योजना रहेको छ ।

अरगरियाको कतार बसाई १५ दिनेको रहेको छ ।

प्रतिक्रिया