जनकपुरमा भूमि लोक महोत्सव हुने

जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामलाई सांगितिक पर्यटन प्रवद्र्धनमा योगदान पुर्याउनका लागि पहिलो पटक भूमि लोक महोत्सवको आयोजना हुने भएको छ ।
आज भूमि मिडियाका संस्थापक निर्देशक रश्मी रञ्जन झाले पत्रकार सम्मेलन गर्दै आउँदो कार्तिक १७ गते शुक्रबार भूमि लोक महोत्सवको आयोजना गरिने बताएका छन् । भूमि लोक महोत्सव जनकपुरधाम स्थित तिरहुतिया गाछीमा आयोजना हुनेछ ।
सांगितिक क्षेत्रमा २५ वर्षदेखि आफ्नो पृथक पहिचान बनाएका रञ्जन झा र कार्यक्रम व्यवस्थापनमा एक दशकदेखि सक्रिय रहेकी तृष्णा सिंह भण्डारीको पहलकदमी र सक्रियतामा महोत्सवको आयोजना हुन लागेको जनाईएको छ ।
मिडियाका अध्यक्ष झाका अनुसार लोक महोत्सवमा ख्याति प्राप्त संगित साधकहरुलाई जनकपुरधाममा भेलासमेत गराइनेछ । महोत्सव अवधिभर मधेस र मिथिलाको झल्को दिने विभिन्न लोक झाँकी प्रदर्शन समेत गरिने उनले बताए ।
यस्तै महोत्सवमा विभिन्न स्टलहरुसमेत राखिने आयोजकले जनाएको छ ।
यस महोत्सवमा अन्तर्राष्ट्रियस्तरका सांगितिक प्रस्तुति हुने संस्थापक निर्देशक झाको भनाइ छ ।






